Friday, 11 March 2011

फेरि आयो दशैं !!! खाउला पिउला ........!!!


बर्षमा एक चोटि आउने नेपालीहरुको माहन पर्ब दशैं फेरि आएको छ सम्पुर्ण नेपालीको घरआँगनमा र अबको केही दिन सबैजना येसैमा रम्ने छन्। सबै भन्दा पहिला सबै नेपाली जन मा दशैंको मंगलमय सुभकामना भन्न चाहन्छु मेरो तर्फबाट !!!
दु:खको साथ भन्नु पर्दा मैले यो दशैं समेत गरेर १० वटा दशैं घरबाट बाहिर बसेर नै मनायेछु । रहरले होईन समयनै मेरो बिगत १० बर्षको को यात्रा एक किसिमले दु:खदाइ नै बनाइ दियो भन्दा पनि हुन्छ। त्यो बीचको कहानि म येहा भन्न चाहन्न। मलाई नजिक बाट चिन्नु हुने साथी हरुलाई त्यो थाहा छ। यो बर्षको दशैं चाँही नेपालमा नै मनाउने कोसिस गरेको थिए तर हजुरआमाको निधनले गर्दा त्यो पनि सम्भब भएन र खल्लो दशैं मनाउन नेपाल जान मन पनि लागेन र पाएको छुट्टी पनि गयेको बर्ष जस्तै डिसेम्बर लाई सारिदिये ।

मैले घरमै बसेर मनायेको अन्तिम दशैं २०५७ सालको हो त्येस पछीको हरेक दशैंले मलाई घर बाट बाहिर नै राखेको छ । त्येस पछीको केही दशैं राजधानीमा नै बित्यो अनी त्येस पछीको केही भारतको बिभिन्न प्रन्तमा बित्यो र गयेको ४ बर्ष येही खाडीमा बित्यो। त्यो बीचमा पनि साथी भाई हरु सँग रमाउने कोसिस नगरेको होईन तर पनि आफनै परिवार अनी गाउमा मनायेको जस्तो कहाँ हुदोँ रहेछ र ?
अल्लारे हुनु भन्दा पहिला मनायेको दशैं र अल्लारे भए पछि मनायेको दशैंमा भिन्न्ता धेरै हुदो रहेछ। पहिला भएको भए बा आमाले जहाँ जे गरेर भए पनि नयाँ नाना दिनु हुन्थ्यो होला तर म अब पहिला जस्तो नभयेर त होला नी न मलाई नयाँ नानाको रहर नभयेको यो दशैंको बेला पनि ! धदिङमा हुँदा पिङ हाल्न काहा टाढा सम्म बाँस बोक्न पुग्थे साथी हरु सँग तर किन हो आजकल त्येसको याद पनि त्येती आउदैन काराण समयले मलाई त्यो परिबेस बाट धेरै टाढा लागेर छोडी दियेको छ।आखीर समयलाई जित्न कहाँ सकिदो रहेछ र ! मेरो पनि हार भयो अनी यी सबै मनको रहर हरु मनमा नै बन्द गर्न बाध्य भएको छु ।

हुन त यो सबै कुरा यहाँ गरेर म निरास हुन खोजेको होईन । म त आफुलाई धेरै नै आसाबादी मान्छे मान्छु। मलाई पराइ सम्झेर छोडेर गएकी मायालु त एक दिन मेरो मायाको आभास पाये पछी म संगै आउछे भन्ने आसा मनमा पालेर बस्ने म जाबो यो दशैं नेपाल गयेर मनाउन पायेन भनेर किन निरासा हुने , यो दशैँ त हरेक बर्ष आउछ नी ! यो बर्ष नभयेर के भो त अर्को बर्षको दशैं म नेपालमा नै मनाउछु नी ! की कसो ?

अब आज बाट त दशैं सुरु भयो , सबै जना रमाउनुस्, खुसी हुनुस् , अनी अरु पर्देसी मित्र हरु लाई पनि दशैंमा जहाँ जसरी बस्नु भएको छ रमाउने कोसिस गर्नुहोला भन्दै फेरि १ चोटि सबलाई दशैंको शुभकामना दिदै बिदा हुन्छु है !! ह्यापी दशैं !!!!!!!

भुवने

No comments:

Post a Comment